१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

३६ लाख घुस खाएर घरजाँदै गर्दा पक्राउ परे इन्जिनियर सुरेश ठाकुर

१२ साउन, काठमाडाैँ । शनिबारको दिन सेवाग्राहीसँग ३६ ७२ हजार ५ सय रुपैयाँ घुस खाएर घर जाँदै गरेका इन्जिनियर सुरेश ठाकुर पक्राउ परेका छन ।

अख्तियार दुरूपयाेग अनुसन्धान अायोगको टोलीले सेवाग्राहीसँग लिएको ३६ लाख ७२ हजार ५ सय रुपैयाँ घुससहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेका हुन ।

उनलार्इ अायोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको र थप अनुसन्धान भैरहेकाे अायोगले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १८:०२