१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

३७ सवारी दुर्घटनामा २० जनाको मृत्यु

१२ साउन, काठमाडाै । यसैगरी, गत आर्थिक वर्षमा सल्यानमा ३७ वटा सवारीसाधन दुर्घटनामा परी २० जनाको ज्यान गएको छ । तीमध्ये १२ पुरुष, सात महिला र एक बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, उक्त अवधिमा दुर्घटनामा परी ६३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २९ पुरुष, २४ महिला, ६ बालक र चार बालिका रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १७:१७