२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

आज सर्वाेच्चको फुलकोर्ट बस्दै, गोला प्रणालीकाे मिति तय हुने

९ मंसिर, काठमाडौँ । सर्वाेच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट आज बिहीबार बस्दैछ । बैठकले इजलास तोक्न गोला प्रणाली लागू गर्ने मिति तय गर्नेछ ।

यसअघिको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरेको थियो । उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ । आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८ न्यायाधीशको बैठक बस्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १०:२३