६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेपाल एसबीआई बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?


८ मंसिर, काठमाडौँ । नेपाल एसबीआई बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका नाफाबाट ३ दशमलव ५० बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी कुल कुल पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । बैंकले गत वर्ष नौ दशमलव ४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १४:५६