२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

सांसद समेत रहेका मोहन पाण्डे कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा पराजित

७ मंसिर, काठमाडाैँ । सांसद समेत रहेका मोहन पाण्डे नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । स्याङजामा प्रतिनिधिसभा सदस्य रहेका पाण्डे वरिष्ठ नेता रामचन्द्र पौडेलका विश्वास पात्र मानिएका व्यक्ति हुन् ।

उनले जिल्लाको क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक तर्फका सांसद रहेका पाण्डे आफ्नै वडाबाट ३ जनाले महाधिवेशन प्रतिनिधि जिते पनि आफुले भने नमिठाे हार बेहाेर्नुपरेकाे छ ।

उक्त निर्वाचन क्षेत्रबाट १० जना उम्मेदवारले जित्नुपर्नेमा पाण्डेले चौधौं नम्वरमा पर्ने गरी मत ल्याए । उक्त निर्वाचन क्षेत्रबाट खुल्लातर्फ भागवत प्रकाश मल्ल, बिष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुन प्रकाश अर्याल,युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मी प्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल र जलेश्वर पाण्डे बिजयी भए भने महिलातर्फ कल्पना तिवारी, कविता तिवारी, सरस्वती तिवारी र खगिश्वरा भण्डारी बिजयी भए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १६:२२