६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन


७ मंसिर, काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बुधबार रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ ९-२४ मंसिरसम्म बुकक्लोज गर्ने भएको छ । यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र ससभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र एक दशमलव ०५२६३१६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले आगामी २४ मंसिरमा साधारणसभा आयोजना गर्ने भएकाे छ । सभा होटल वाटर टावर विदुर-४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे आयोजना हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १५:५०