२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

माओवादीलाई झापामा महाधिवेशन गर्न अध्यक्ष ओलीको सुझाव

७ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रलाई झापाको दमकमा महाधिवेशन गर्न सुझाव दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरेकोबारे अध्यक्ष ओलीले जवाफ दिएका हुन् । उनले प्रचण्ड चितवनभन्दा अगाडि काठमाडौँ, रोल्पा र सिरहाबाट पनि चुनाव लडेको स्मरण गर्दै आफूले जितेको जिल्लामा अरुलाई रोक्नु ज्यादती भएको उल्लेख गरे । अध्यक्ष ओलीले झापामा महाधिवेशन गरे माओवादीलाई स्वागत गर्ने पनि बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १५:३१