२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी

७ मंसिर, ललितपुर । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी भएका छन् । दुई सय १० मत ल्याएर उनी विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार विश्वराज तुलाधरले एक सय ८५ मत पाएको मतदान अधिकृत सुरेश घिमिरेले बताए ।

थापासँगै कार्यसमिति सचिवमा उत्तमकु थापा दुई सय सात र जगतबहादुर महर्जन एक सय ९२ मत ल्याएर विजयी भए । सहसचिव सुन्दरकृष्ण महर्जन दुई सय १६ र राजु बस्नेत एक सय ९४ मतसहित विजयी भएकाे घिमिरेले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १३:१८