२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

माओवादी नेता नविन जिरेलले जिरीमा सार्वजनीक जग्गा अतिक्रमण गरी भाडा उठाएर खाँदै

६ मंसिर, जिरी । दोलखाको विभिन्न क्षत्रहरुमा सार्वजनिक जग्गाहरु अतिक्रमण गरी वसोवास गर्ने तथा विभिन्न संरचनाहरु निर्माण गर्ने क्रम तिव्र रुपमा रहेको पाइन्छ । त्यस्तै दोलखाको जिरी नगरपालिकाको लिंकन जिरी बजारमा माओवादीका एक नेताले सार्वजनिक जग्गा अतिक्रमण गरी भाडा उठाएर खाने गरेको पाइएको छ ।

जिरीको लिंकन बजार अन्र्तगत जिरी अस्पताल परिसर भित्र माओवादी केन्द्रका जिरी नगर समिती अध्यक्ष समेत रहेका नेता नविन जिरीलेले सार्वजनिक जग्गा अतिक्रमण गरी अस्थाई टहरा निर्माण गरि विभिन्न व्यक्तिहरुलाई भाडामा लगाई भाडा उठाएर खाने गरेको पाइएको हो ।


माओवादी केन्द्रका नेता नविन जिरेलले शक्तिको आडमा अस्पताल परिसर भित्रैको सार्वजनिक जग्गा अतिक्रमण गरी विगत ६ वर्ष देखि विभिन्न व्यवसाय गर्नका लागि भाडामा दिएर भाडा उठाएर खाने गरेको स्थानियले बताएका छन् ।

जिरी नगरपालिका तथा सम्वन्धीत निकायले सार्वजनिक जग्गा खाली गर्नको लागि पटक पटक ताकेता गर्दा पनि शक्तिको आडमा सार्वजनिक जग्गा खालि नगरेको स्थानियहरुले बताएका छन् । सार्वजनिक जग्गा व्यक्तिलाई भाडामा दिएको र समिल संचालन गरेको हुँदा अस्पताल जस्तो संवेदनशील क्षत्रलाई समेत समस्या भएको बताइएको छ । आफुलाई समाजसेवी तथा पार्टीको नेता भन्ने व्यक्तिहरुलेनै सार्वजनकि जग्गा अतिक्रमण गरी पैसा असुली गर्नु दुखद रहेको भन्दै स्थायिनहरुले चर्को विरोध गरेका छनु ।

उक्त क्षत्रमा अतिक्रमण गरेको सार्वजनिक जग्गाहरु अन्य व्यक्तिहरुले खाली गरि सकेको र जिरी नगरपालिकाले भने अतिक्रमित जग्गाहरु खालि गर्नको पटक पटक लागि आग्रह गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार २१:३९