२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

बैतडीमा जन्ती बोकेकाे जिप दुर्घटना, चार जनाको मृत्यु

५ मंसिर, बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सेरातर्फ जाँदै गरेको से१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

फाइल फाेटाे

आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका पत्रकार आशिष मालले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जिपमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार २१:२६