१८ जेष्ठ २०८३, सोमबार | Tue Jun 2 2026

११.६० अंकले घट्याे नेप्से परिसूचक, ४ अर्ब ३५ करोडकाे काराेबार

५ मंसिर, काठमाडाैँ । साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ।  कारोबारको सुरुवातसँगै घटेको शेयर बजार कारोबारको अन्तिमसमयमा आएर ११.६० अंकले गिरावट आएको छ । नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको छ।

गत साताको अन्तिम कारोबारको दिन बिहिबार ३२.३९ अंकले गिरावट आएर २ हजार ७६९.१३ अंकमा सिमित भएको थियो । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३.७५ प्रतिशत घटेर ५१८.२५ अंक भएको छ। त्यस्तै फ्लोट इण्डेक्स ०.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले घटेका छ ।

आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा ७० कम्पनीको शेयर मूल्य बढेको छ । १४१ कम्पनीको मूल्य गिरावट आइएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेप्से १३ उपसमूह मध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएको छ। जसमा बैंकिङ समूहको ५.१ अंक, विकास बैंक ६.८९, वित्त कम्पनी १९.२३ , निर्जीबन बीमा ६४.१६ , माइक्रोफाइनान्स १७.४३, जीवन बीमा समूहको उपसूचक १४०.५ अंकले घटेको छ । तर, जलविद्युत १३.२१ ,उत्पादन तथा प्रशोधन ९६.१४ अंकले बढेको छ ।

आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै,नारायणी विकास बैंक,कपोरेट विकास बैंक,हिमाल दोलखा हाइड्रो पावर ,समृद्धि फाइनान्सको शेयर मुल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी,प्रिमियम इन्स्योरेन्स,आइसीएफसी फाइनान्स र नेशलन माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

प्रकाशित मिति : November 21, 2021 at 4:33 pm