६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

इन्फिनिटी लघुवित्तले घोषणा गर्याे लाभांश , बोनस कति ?


५ मंसिर, काठमाडाैँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ ।

लघुवित्तकाे मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तकाे उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १४:३८