२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

माेरङ कारागारमा बलात्कार मुद्दाका एक कैदीकाे मृत्यु

४ मंसिर, विराटनगर । जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ । जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । ‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पताल लगिएकाे थियाे । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए । शर्मा २०७१ यता जबरजस्ती करणीको मुद्दाको कैद भुक्तान गरिरहेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार १०:३२