१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

नेप्सेमा २ कम्पनीकाे १३ लाख ६८ हजार कित्ता बाेनस सेयर सूचिकृत


३ मंसिर, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा आज ङादी ग्रुप पावर र ग्रिन डेभलपमेन्ट बैंकको कुल १३ लाख ६८ हजार २२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। आज नेप्सेमा ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

ङादी ग्रुपले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई चुक्तापुँजी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए। त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे ३.८ प्रतिशत बाेनस बापतकाे एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ०.२० नगद (कर प्रयाेजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १४:४९