२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिसहित १७ जना निर्विरोध

-शिव चौलागाईं

३ मंसिर, मकवानपुर । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा शुक्रबार नेपाली कांग्रेसको अधिवेशन भइरहेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिसहितका विभिन्न पदमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिमा शुसान्तकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर नेसुर, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली, सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध चयन भएका छन् ।

अन्य निर्विरोध निर्वाचित हुनेहरूमा सदस्य खुला महिलातर्फ जानुका ठकुरी, समीक्षा विश्वकर्मा र छायाँ अधिकारी, खस आर्यतर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रीन, दलिततर्फ अनिल विक छन् ।

अन्य खुला सात सदस्यका लागि १३ जनाको उम्मेद्वारी परेकाले निर्वाचन भइरहेको कांग्रेस मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १३:३१