२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रेस सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा जीवन कालिकोटे

३ मंसिर, ताप्लेजुङ । प्रेस सन्टर नेपाल ताप्लेजुङको चौथो जिल्ला सम्मेलनले अध्यक्षमा जीवन कालिकोटेलाई चयन गरेको छ । शुक्रबार भएको जिल्ला सम्मेलनले कालिकोटेको अध्यक्षतामा नयाँ जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा दिलकुमार फेम्बु, सहसचिवमा कमल बिष्ट र कोषाध्यक्षमा टीकामाया यक्सो चयन भएका छन् ।

सदस्यहरुमा प्रकृति गुरुङ, विवश केदेम, अनिता पन्दाक, तेन्जित कार्की, अबिर यक्सो, पुष्पा लिबाङसहित १५ सदस्यीय जिल्ला समन्वय समिति सम्मेलनबाट चयन गरिएको नवनिर्वाचित अध्यक्ष कालिकोटेले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १३:२६