२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काठमाडौँ भ्रमणमा रहेका बाबा रामदेवले भनेः मलाई नेपालीले धेरै माया गर्छन्

३ मंसिर, काठमाडौँ । काठमाडौँ भ्रमणमा रहेका बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका छन् । पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा उनले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका हुन् ।

‘भारतभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्’, उनले भने, ‘३० वर्षअघि मलाई कोही चिन्दैन थे । तर, त्यतिखेर पनि नेपालसँग परिचित थिएँ । अहिले सारा नेपालीले चिन्दछन् ।’

भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको भन्दै उनले भने, ‘हाम्रो पूर्वज संस्कृति धर्मले हामी एकै हो । म राजनीतिक दृष्टिले भारतको नागरिक हुँ । सांस्कृतिक रूपले म विश्वकै नागरिक हुँ ।’

नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको बताएका उनले यसमा पतञ्जलिको पनि भूमिका रहेको बताए । साे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष राजनीतिज्ञहरू सहभागी छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ११:१३