१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिशुलीमा बस खस्दा ५ जनाको मृत्यु, घाइते २३ मध्ये ५ को अवस्था गम्भीर

११ साउन, चितवन । त्रिशुली नदीमा यात्रुबहाक बस खस्दा ५ जनाको मत्यु भएको छ । शुक्रबार मध्यान्ह चितवनको तुम्लिङटारबाट ना६ख २५०६ नम्बरको बस त्रिशुलीमा बस खस्दा २३ जना घाइते भएका छन ।

घाइते मध्ये पाँचकोअ अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेमा एक जना बालक रहेका छन । प्रहरीका अनुसार काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खसेको हो । ना५ख ७४०९ नम्बरको ट्रकसँग ठोक्कीएर बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । प्रहरीका अनुसार घाइतेको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १४:४२