६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

छिमेक लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?


२ मंसिर, काठमाडौँ । छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम एक अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश वितरण गर्न लागेको हो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १२:३३