कति हजारको मान्छे तिमी ?
–मदनकृष्ण सिलवाल
कोही कसैले भन्ने गर्छन् –
तिम्रो मोल अनमोल छ
तर, मैले थाहा पाएअनुसार–
मेरो मोल विहान–बेलुका एक डबका झोल छ ।
कतै जान्छु गुण्डागर्दी र विचौलिया बन्छु–
यही त साथी तिमी र ममा फरक यही छ ।
सरकारी भेष छ, स्वदेशी देश छ–
कमाउ धन्दाको ठूले बेग छ ।
र त, साथी तिमी र ममा यही फरक छ ।
काम गर्छु, परिश्रम गर्छु–
जाँगर चलाई नयाँ टिरिक रच्छु
विल्ला छ काँधमा, सिपाही छन्–
नेतागोताको ठूलै लहरो छ हातमा ।
सक्छौँ के गर्छाैँ र तिमीहरुले हेरौँ
म आयल निगमको खड्का र राजश्व विभागको शर्मा कहाँ हुँ र…’
म पूर्व आइजिपि साहेवहरु झैँ कहाँ हुँ र जेलभित्र सलोट टोकिने कस्टडीमा…
नुन काण्डमा मुछिएकाहरुलाई छुट हुने–
सुनकाण्डको चाहिँ लामै लहरो हुने
बडो गजयको कुरा गछौँ भाइ तिमी–
एउटालाई हाई हुने अर्को चाहिँ समातिने ?
कस्तो चलन हो तिम्रातिर–
भन नढाँचीकन भन–
कति हजारको मान्छे तिमी ?
तिमीले टाइ र सुट लगाएर झूट बोलिरहेछौँ
मेले भट्टीमा डबका लगाएरै भट्टभट्टाइरहेछु
तिमी प्राडो र पजेराका कुरा गरिरहन्छौँ
मैले एक प्याज रक्सी र भट्टीको कुरा गर्दा
तिमी किन बेस्सरी झर्कियौ हँ ?
अब छोड्देऊ कुरा गर्न नुनको नि ?
अब छोड्देऊ कुरा गर्न सुनको नि ?
सबै नुन र सुन आयतीत वस्तु नै हुन्
हाम्रै गतिला हरामहरुकै अब गुनका कुराहरु–
सक्छौ भने लेख्ने कोसिस गर ।
सक्छौ भने मुलबाटो नै बन्द गर
डोबाटोमा बसेर सुन र नुनको बहसमा–
किमार्थ पैदल यात्रीहरुलाई दुःख दिने
तिम्लाई अधिकार छैन अब ?
विर्सिदेऊ जुनीजुनीसम्मको लागि अब
सक्छौँ भने अब नेपाल र नेपाली माटोमाथि वार्गेनिङ्
गर्नेहरुको डँढाल्नु गाल्ने र बाल्ने कीमार्थ साहस गर
अभिनय चाहिँ धेरै पटक भईसकेको छ–
भन नढाँचीकन भन–
कति हजारको मान्छे तिमी ?
प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १४:३१