२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीलाई निगरानी

३० कात्तिक, दाङ । क्षमताभन्दा धेरै यात्रुु बोक्ने गाडीहरूमा दाङमा प्रहरीले निगरानी बढाएको छ । क्षमताभन्दा धेरै यात्रुु तथा सामानहरू राख्दा दुर्घटनाको जोखिम बढेको भन्दै दाङ प्रहरीले सवारीका साधनमा निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले मातहतका तीन दर्जन प्रहरी इकाईलाई निर्देशन दिँदै सिट र भारवहन क्षमताभन्दा बढी यात्रुु तथा सामान ढुुवानी भएको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएको हो । प्रहरीले दाङदेखि जिल्लाबाहिर जाने ठूला बस तथा ट्याक्सीहरूमाथी निगरानी बढाउँदै अटेरी गर्नेविरुद्ध मुुद्दा चलाउनेसम्मको चेतावनी दिएको छ ।

सबै व्यवसायीहरूलाई आग्रह गरिएको र अटेरी गरे सार्वजनिक मुद्दामा कारबाही गर्ने चेतावनी दिइएको प्रहरीको भनाइ छ । दाङ प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार सबै सवारीका साधनमा नियमित जाँच तथा निगरानी गर्न र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउन इकाईलाई भनिएको छ ।

यसै क्रममा प्रहरीले बसहरूबाट सिट क्षमताभन्दा धेरै यात्रुु राख्नका लागि प्रयोग गरिएका बेन्च, मुुडा र स्टुुलहरू जफतसमेत गरेको जनाएको छ । ट्राफिक नियमविपरीत सवारीका साधन संचालनमा आउँदा जति बेला पनि दुुर्घटना हुन सक्ने भन्दै सचेत र सतर्क बन्न आवश्यक रहेको प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १९:४५