२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सिमकोटमा नेपाल बन्दको प्रभाव शून्य

३० कात्तिक सिमकोट । हिमाली जिल्ला हुम्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको कुनै प्रभाव परेन ।

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको हुम्ला सदरमुकाम सिमकोटमा कुनै प्रभाव नदेखिएको हो । जिल्लामा बजार, पसल, छोटो यातायातका साधन निर्बाध रूपमा सञ्चालन भएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

त्यसका साथै जिल्लाका सबै सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, सहकारी, वित्तीय संस्था, बैंकहरू खुलेको मानसरोवर उच्च मावि सिमकोटमा प्रधानाध्यापक अबरबहादुर शाहीले बताए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको भए पनि हुम्लामा जुलुसलगायतका गतिविधि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १९:१६