२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

एक लाख १६ हजारसहित नौ जुवाडे पक्राउ

३० कात्तिक, लमजुङ । लमजुङ प्रहरीले बेसीसहर नगरपालिका-११ रामचोकबेसीबाट जुवा खेल्दै गरेको अवस्थामा नाै जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई सोमबार राति १ बजे पक्राउ गरेको हो ।

फाइल फाेटाे

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट नगद एक लाख १५ हजार नाै सय २५ रुपैयाँसहित १६ गोटी कौडासमेत बरामद गरेको छ । पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १५:१४