२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रदेश २ मा नेपाल बन्द सफल हुन्छ : महतो

२९ कात्तिक, महोत्तरी । पेट्रोलियम मूल्य वृद्धिको विरोधमा विप्लव समूहले गरेको नेपाल बन्द आव्हान भव्यरूपमा सफल बनाउने मिथिला स्वायत्त जनपरिषद् प्रमुख पवन महतोले बताएका छन् । मंगलबार हुने बन्द जनताको लागि गरेको हुँदा सबैको सहभागिता उल्लेख्य रहने उनले बताए ।

महोत्तरी लगायत प्रदेश-२ का ८ वटै जिल्लामा बन्द सफल बनाउन आफ्ना नेता, कार्यकर्ता परिचालन भइसकेको बताउँदै उनले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सवैजनालाई ऐक्यबद्धता जनाउन अपिलसमेत गरे ।

प्रदेश २ मा विप्लव समूह अलि कमजोर भए पनि उनीहरूले गरेको बन्दमा सर्वसाधारणको समेत सहभागिता रहने स्थानीयले बताएका छन् ।

एम्बुलेन्स, दमकल जस्ता इमर्जेन्सी सवारी साधन बाहेक अन्य सबै प्रकारका यातायात, शिक्षण संस्था महतोले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १८:१७