१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सेवाग्राहीसँग घुस लिँदालिँदै सर्लाहीका २ जनप्रतिनिधि पक्राउ

२९ कात्तिक, सर्लाही । सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो ।

प्रतिकात्मक तस्बिर ।

काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १७:५७