२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रचण्ड बिरामी भएपछि महोत्तरीमा स्थगित कार्यक्रम १ मंसिरलाई तय

२९ कात्तिक, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ । प्रचण्डकै उपस्थितिमा १ मंसिरमा कार्यक्रम गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

२७ कात्तिकमा रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १४:५२