३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

निगमले वाइडबडी जहाज भित्र्याएकोमा नाट्टाको स्वागत, अझै जाहाज थप्न माग

११ साउन, काठमाडौँ । राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सले दुईवटा वाइडबडी जाहाज भित्र्याउन सफल भएकोमा नेपाल एशोसिएसन आफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले स्वागत गरेको छ ।

झण्डै एक महिनाको अबधिमा नेपाल वायु सेवा निगमले एयरबस ३३०–२०० सिरिजको २७४ सिट क्षमता भएका दुईवटा वाइडबढी जाहाज भित्र्याउन सुखद् भएको भन्दै नाट्टाका अध्यक्ष सिएन पाण्डेले संस्कृति पर्यटन तथा नगारिक उड्ययनमन्त्री, मन्त्रालयका सचिव र निगमका अधिकारीहरुमा बधाई ज्ञापनसमेत गरेका छन ।

पाण्डेले नेपालको समस्त पर्यटन क्षेत्रका लागि यो उपलब्धिले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यप्राप्तिमा समेत सहयोग पुग्ने बताएका छन । पाण्डेले नाट्टाको तर्फबाट निकट भविष्यमै निगमाले थप दुईवटा वाइडबडी र चारवटा न्यारोबडी जाहाज गरि लामो दूरीमा सीधा उडान गर्न र बाँकी विश्वसँग सम्पर्क स्थापित गरी सेवा विस्तार गर्न समेत माग गरेका छन ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०९:१६