१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

ङादी ग्रुप पावरको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त


२८ कात्तिक, काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल नक्साललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीकाे ३ असोजमा सम्पन्न आठौँ वार्षिक साधारणसभाबाट एक बराबर दुईको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले लमजुङस्थित सिउरी खोलामा पाँच मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिहरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार १४:०१

https://srdb.com.np/