११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

स्वास्थ्य राज्यमन्त्री अर्यालको बढुवा हुँदै, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी !

११ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालको पनि मन्त्रीमा बढुवा गर्ने भएका छन । अर्यालकै लागि भनेर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयलाई फुटाए र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय बनाउने निर्णय गरेको छ ।

ओलीले केही दिनमै अर्याललाई मन्त्रीमा बढुवा गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी भने चक्रमपाणी खनालले सम्हाल्नेछन ।

स्वास्थ्यमा केही सुधारका काम अघि बढाउँदै गर्दा उपेन्द्र यादव मन्त्री नियुक्त भएर सोही मन्त्रालयमा गएपछि अर्याल केही काम बिहीनजस्तो बनेकी थिइन । जिल्ला तहमा पार्टीको सफल नेतृत्व गरेर केन्द्रीय राजनीतिमा स्थापित हुँदै गरी अर्याल पछिल्लो पटक ओलीको विश्वासपत्राको रुपमा परिचित छिन ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०८:२५