१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सरकारसँगकाे नौ बुँदे सहमतिपछि डा केसीले ताेडे अनसन (सहमितको बुँदासहित)

१० साउन, काठमाडाैँ । त्रिबि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक प्रा डा. गोबिन्द केसीले अाज अनसन ताेडेका छन् । सरकारसँग नौ बुँदे सहमति र चिकित्शा शिक्षा बिधेयकमा २२ ओटा संशोधन सहमति भएसँगै सहमतिपत्रमा हस्ताक्षर गरी डाक्टर केसीले अनसन ताेडेका हुन् ।

उनलार्इ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र त्रिभुवन बिश्वबिद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा ले  जुस खुवाई अनसन ताेडाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सहमति गरी नेम्वाङ र नेकपाका महासचिव बिष्णु पौडेल बार्ता टोलीसहित त्रिबि शिक्षण अस्पताल पुगेका थिए । उनिहरूले डाक्टर केसीलाई सहमतिबारे जानकारी गराई पढेर सुनाउन लगाएपछि केसीले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ००:०९