२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

माधव नेपालले जाँड रक्सी नखान निर्देशन दिनुअघि नै पत्रकारले हल छाडेर हिँडे

२७ कात्तिक, काठमाडौँ । अध्यादेशबाट जन्मिएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शनिबार पत्रकारहरूको एउटा भेलामा सहभागी भएर जाँड रक्सी नखान भनेर निर्देशन दिनुअघि नै नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै पत्रकारको एउटा समूहले हाल छाडेर हिँडेको छ ।

पूर्व प्रेस चौतारीमा रहेका केही पत्रकारहरूले नयाँ संगठन घोषणाको समयमा हल नै छाडेर हिडेँका हुन । उनीहरूले आफूहरूले भनेको जस्तो पद नपाएको र मञ्चमा बस्न नपाएकोमा बढी असन्तुष्टि जनाएको सहभागी एक पत्रकारले दैनिकीलाई जानकारी दिए ।

उनीहरूले बहिष्कार गरेपछि अध्यक्ष नेपालले भने पछिल्लो समय पदका लागि मरिहत्ते गर्ने परिपाटी बढेको भन्दै असन्तुष्टि जनाए । उनले पार्टी निकट पत्रकारहरुलाई जाडरक्सी नखान निर्देशन पनि दिए । उनले यसअघि मन्त्रीहरूलाई पनि त्यस्तै निर्देशन दिँदै आएका छन ।

कुनै समय होलीवाइन पिलाउन एक अन्तर्राष्ट्रिय क्रिष्चियन संस्थाको आयोजक कमिटीमा रहेको भनेर आलोचित भएका नेपालले पछिल्लो समय रक्सी नपिउन भन्दै निर्देशन दिँदै आफूलाई त्यस्तो नराम्रो लाग्ने बताउँदै आएका छन । उनले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताएका पनि छन ।

अध्यक्ष नेपालले भने, ‘तपाईहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन। तपाईको स्वास्थ्यलाई पनि काम गर्छ। म सझुाव दिन चाहन्छु–रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ। राम्रो चिज खानुस्। राम्रो स्वास्थ्य बनाउनुस्। तगडा हुनुस्। दिगाग तिखो बनाउनु र राम्रो काम गर्नुस्।’

यो पनि पढ्नुहोस्

नेकपा एसका अध्यक्ष माधव नेपाललाई कसरी चिनिन्छ ? यस्ता छन विशेषता

माधवकुमार नेपालः पहिला ज्ञानेन्द्र शाहको पाउमा अहिले शेरबहादुर देउवाको शरणमा

-नेपालका नेताले होली वाइनको स्वाद नबिर्सदै अमेरिकी सांसदले वेद छोएर सपथ लिए

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार १६:३९