२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिरामी, चिकत्सकको निगरानीमा आराम गर्दै

२७ कात्तिक, काठमाडौँ । सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डका सार्वजनिक कार्यक्रमहरू स्थगित भएको छ ।

प्रचण्ड शनिबार महोत्तरी जाने कार्यक्रम रहेको थियो । तर उनको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगित भएको छ । माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाले प्रचण्ड बिरामी भएका कारण नआउने जानकारी पाएको बताएका छन ।

उनले प्रचण्ड नआउने भएपछि कार्यक्रम नै स्थगित गरेको बताएका छन । प्रचण्ड भने अहिले चिकित्सकको निगरानीमा रहेका छन । उनी घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार १२:४७