२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

माओवादी सरकारको मजाकः फेसबुकमा आलोचना गर्दा सरकारी सेवामा प्रतिबन्ध

२७ कात्तिक, सल्यान । सल्यानकाे बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनाैँठाे निर्णय लिएका छन् । आफ्नाे र वडाकाे आलाेचना गरेकाे भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् ।

‘केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएकाे छ । केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ.’ वडाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।

के हो घटना ?

घटना बिवाहसँग जाेडिन्छ । केसीका भाइले सात महिना अघि गाउँकै एक जना वर्षीया किशोरीसँग बिवाह गरेका थिए । किशोरी साेही वडाका वडा सदस्यका आफन्त हुन् । तर आफ्ना भाइविरुद्ध बलात्कारको मुद्दामा फसाउने षड्यन्त्र भएकाे भन्दै केसी वडासँग रुष्ट भएका थिए ।

‘विवाह भएको कुरा वडाध्यक्ष लगायत सबैलाई थाहा थियो । विवाह हुँदा नखोज्ने तर सात महिनापछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने । कानुनी रुपमा २० बर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर, सांस्कृति रुपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले दाबी छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार १०:५३