२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बारको धर्ना सकिए लगत्तै सर्वाेच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन

२६ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको शुक्रबारको धर्ना सकिएको छ ।

प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ शुक्रबार कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए ।

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोलगायतका माग राखेर बार निरन्तर आन्दोलनमा उत्रिएको छ । बारको शुक्रबारको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वाेच्च अदालत प्रवेश पाएका छन् । सर्वाेच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १२:१३