१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

लागूऔषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ

२५ कात्तिक तनहुँ । तनहुँ प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा चार वर्षदेखि फरार रहेका दुई युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ र २६ वर्षीय विजय अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए ।

दुवैलाई लागूऔषध मुद्दामा जिल्ला अदालत तनहुँले १४ असार २०७४ मा दोषी ठहर गर्दै १० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १९:३७