१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पेपरलेस मन्त्रिपरिषद बैठक प्रारम्भ

१० साउन,काठमाडाैं । नेपालमा पहिलो पटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेपरलेस मन्त्रिपरिषद बनाउने घोषणाअनुसार आजबाट यस्को थालनी भएको छ ।

पूर्वघोषणा अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अाज स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीदेखि सवै मन्त्रीहरुले डायरी र कलमको साटो कम्प्युटरको प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार १९:२२