२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

जनगणनालाई सार्थक बनाउन मुख्यमन्त्री राउतको अपिल

 २५ कार्तिक, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय व्यवस्थामा पहिलो पटक भइरहेको जनगणनामा सही विवरण लेखाउन प्रदेशवासीसँग आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले तथ्यांकले विकास निर्माणदेखि प्रदेशको नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले वास्तविक विवरण लेखाउन सर्वसधारणलाई आग्रह गरेका छन् ।

२५ कात्तिकदेखि सुरु भएको जनगणनाको पहिलो दिन मुख्यमन्त्री राउतले अपिल जारी गर्दै तथ्यांक संकलन गर्न घरमा आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गरेका छन् ।

जनगणनाका माध्यमले प्रदेशको वास्तविक जनसंख्या, प्रदेशमा बोल्ने भाषाभाषि, धर्म, जातजाति, रोजगार बेरोजगार, बैंक तथा वित्तीय संस्थाको पहुँच, आर्थिक, सामाजिक,प्रदेशको शैक्षिकलगायत अवस्थाको सही विवरण आउने मुख्यमन्त्री राउतले अपिलमा भनेको छ ।

‘मेरो जनगणना मेरो सहभागिता’लाई सार्थक बनाउने सम्पूर्ण प्रदेशवासीको दायित्व र कर्तव्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १९:३५