२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नवनियुक्त ३ प्रदेश प्रमुखले लिए सपथ

२५ कात्तिक, काठमाडाैँ । नवनियुक्त ३ प्रदेशका प्रमुखहरूले सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६७ बमाेजिम नवनियुक्त ३ प्रदेशका प्रमुखहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सरकारको सिफारिसमा मंगलबार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख नियुक्त भएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १६:२१