२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

-कल्पना बोहरा

२५ कात्तिक, अछाम । राष्ट्रिय जनगणना अन्तर्गत अछामका १० वटै पालिकामा गणना कार्य सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि १२औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल र १० वटै पालिकाका प्रमुख-उपप्रमुख/अध्यक्ष–उपाध्यक्षको घरपरिवारबाट विवरण संकलन कार्यको शुभारम्भ गरिएको जिल्ला जनगणना कार्यलय अछामका जनगणना अधिकारी प्रकाश बिष्टले जानकारी दिए ।

१५ दिन चल्ने जनगणनाका लागि जिल्लामा ३०२ जना गणक परिचालन गरिएको छ । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । जिल्लाका १० स्थानीय तहलाई मध्यनजर गर्दै पाँचवटा स्थानीय तहमा अस्थायी कार्यालय सञ्चालन गरिएका छन ।

२०६८ सालको जनगणनामा जिल्लामा ४८ हजार घरपरिवारबाट विवरण संकलन गरिएको उनकाे भनाइ छ । १० वर्षको अवधिमा दुई हजार जनसंख्या बढेकाले यो वर्षको गणकहरूबाट लगभग ५० हजार घरपरिवारबाट विवरण संकलन हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १५:१७