१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नुवाकोट थानसिंङका गणेश बहादुर सुनार गहना लुटेर आफ्नो पसलबाट बिक्री गर्दै गर्दा पक्राउ

१० साउन, काठमाडौं । नुवाकोट थानसिंङका गणेश बहादुर सुनार गहना लुटेर आफ्नो पसलबाट बिक्री गर्दै गर्दा पक्राउ परेका छन् ।सुनकाे गहना लुटपाट गरेर आफ्नो सुन पसलबाट बिक्री गर्ने आरोपमा अदालतबाट दोषी ठहर भएका  सुनार चोरीको ३१ वटा घटनामा संलग्न रहेकाे देखिन्छ ।

 अदालतबाट दोषी ठहर भइसकेका  थानसिंङ घर भएका  हाल ककनी गाउँपालिका ८ बस्ने ४९ वर्षका सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  ककनीबाट पक्राउ गरेको छ ।उनलाई जबरजस्ती चोरीका ३१ वटा मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत २४ गते दोषी ठहर गर्दै ३४ लाख ७२ हजार पाँच सय ९१ रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

उनलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।सुनारसमेत ४ जना प्रतिवादीहरुले काठमाडौंका बिभिन्न स्थानबाट, बिभिन्न मितिमा, बिभिन्न व्यक्तिहरुको सुनको सिक्री समेतका गरगहना तथा धनमालहरु लुटेर सुनारले सञ्चालन गरेको पन्चकन्या ज्वेलर्समा लगि प्रचलित मुल्य भन्दा कम मुल्यमा बिक्री गरेकाे प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार १७:४५