२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

युनेस्कोको ४१औँ महासभामा भाग लिन शिक्षामन्त्री र सचिव पेरिस प्रस्थान

२५ कात्तिक, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स भ्रमणमा गएका छन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को ४१औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेका हुन् ।

मन्त्री पौडेलले बिहीबार महासभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । मन्त्री पौडेलसँगै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, युनेस्कोको लागि नेपालका सहायक महासचिव बाबुराम अधिकारीलगायत फ्रान्स भ्रमणमा गएका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार ०९:०९