२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२५ कात्तिक, काठमाडाैँ । राजधानी काठमाडौंको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान ग्वार्काे चोकमा ना६ ख१९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो । तर, उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार ०९:०५