२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

२४ कात्तिक, मुगु । मुगुमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । खत्याड गाउँपालिका- ६ रास्कोटी बाडाका बाँचे शाहीकी छोरी अन्दाजी १८ वर्षीया मण्डला शाही मृत अवस्थामा फेला परेकी हुन् ।

घरभन्दा करिव ५०० मिटर पर रूखमा झुण्डिएको अवस्था मण्डला फेला परेको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।

उनका अनुसार घरबाट हराएको जानकारी परिवारले दिएपछि माँझचौरबाट खटिएको प्रहरी टोलीले खोजखबर गर्दा मंगलबार उनी मृत अवस्था फेला परेकी थिइन् । थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट केही सुरक्षाकर्मी पठाइएको उनले बताए ।

के कति कारणले मृत्य भएको हो बुझ्न नसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १९:३४