१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

अवैध गाँजासहित मकवानपुरबाट एक जना पक्राउ

२४ कात्तिक,मकवानपुर ।  अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रतिकात्मक तस्बिर ।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ जयसिंहस्ती पूर्व–पश्चिम लोकमार्गबाट उक्त परिमाणको गाँजासहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका पक्राउ परेका मुक्तानमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १६:३४