२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

सिन्धुपाल्चोकको इचोकमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

-सम्झना कार्की

२४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इचोकबाट काठमाडौको लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको बस दुर्घटना हुदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीय माहिला पासाङ तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना घाइते भएका र उनीहरूको उद्धार गरी उपचारका धुलिखेल अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरीक्षक सुनिल थापाका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि मंगलबार अरनिको राजमार्ग अन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस चौतारा साँगाचोकगढी नगरपालिका–११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १६:०३