२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महाकालीमा बेपत्ता भएका जयसिंहका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

२४ कात्तिक , दार्चुला । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

मेरिल्यान्ड अमेरिकाका अध्यक्ष दमनविक्रम शाहको अगुवाइमा धामी परिवारका लागि राहत रकम सङ्कलन भएको थियो । बेपत्ता जयसिंह धामीका एक छोरा र एक छोरीको पढाइलेखाइमा सहयोग पुगोस् भन्नका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए ।सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत उनले आग्रह गरे। रकम पाएपछि राजन्ती खुसी र भावुक बनेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १५:३७