प्रभु बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?
२४ कात्तिक, काठमाडौँ । प्रभु बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपपछि मात्रै सेयर धनीले पाउनेछन् । गत वर्ष बैंकले १० दशमलव ५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गरेको थियो ।
प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १२:०६












