१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

रसुवा पहिराे अपडेटः पहिरोमा मृत्यु हुने चारैजना सिन्धुपाल्चाेकका, बेपत्ताकाे खाेजीकार्य जारी

१० साउन, रसुवा । रसुवाकाे टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पहिरोले पुरिँदा मृत्यु हुने चारैजनाकाे सनाखत भएकाे छ ।

मृत्यु हुने चारैजना सिन्धुपाल्चाेकका भएकाे पुष्टि भएकाे छ । मृत्यु हुनेमा सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गाउँपालिकाका ४ का ३५ वर्षीय रमेश भनिने सुश खड्काकाे रहेका छन् ।

हराइरहेकाकाे खाेजी भइरहेकाे रसुवा प्रहरीले जनाएाे छ । हराइरहेकाहरूकाे खोजीकार्यका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ ।

पहिराेले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ भने विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको जनाइएकाे छ ।

प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार ११:२०