१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

धुलिखेलमा  बस दुर्घटना, २८ जना घाइते

१० साउन, काभ्रे । जिल्लाको भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस अाज बिहान दुर्घटनामा परेको छ ।बा ३ ख ८१५५ यात्रुबाहक बस धुलिखेल बेजिङ प्लान्टनजिकै दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, केही घाइते घर फर्केका छन् भने केहीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।बस सडकबाट करिब ३० किलोमिटर तल खसेको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार ०९:१५