१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

तराइमा सशस्त्र प्रहरीको पहिले भन्दा बढी जनशक्ति परिचालन: महानिरीक्षक खनाल

२२ कात्तिक, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले तराइका जिल्लामा पहिला भन्दा धेरै जनशक्ति परिचालन गरिएको बताएका छन । सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीको नबनिर्मित भवनको सोमबार उद्घाटन गर्दै महानिरीक्षक खनालले सीमा सुरक्षालाई मजबुत बनाउन आगामी दिनमा बोर्डर आउट पोस्ट (बिओपि)को संख्या पनि बढाउंदै लैजाने बताए ।

सुरक्षा बेशहरुले न्युन जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामी दिनमा समेत राज्यले दिएको जिम्मेवारीलाई त्रुटीरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पुरा गर्न निर्देशन दिए । सशस्त्र प्रहरी बल तराईमा परिचालन भए पश्चात् चोरी, तस्करी नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराइका जनताले पहिले भन्दा थप सुरक्षाको अनुभुति गर्न पाएको बताए ।

महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलप्रति आम जनताले गरेको भरोसालाई कायम राख्दै आगामी दिनमा रास्ट्र र संगठनप्रति इमान्दार, नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत निर्देशन दिए । कार्यक्रममा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १८:२०